News Featured

रोजगारमुलक शिक्षामा चर्चा बटुल्दै बुटवलको "आस्थम"७ हजारले पाए रोजगार

बेरोजगारी र महंगीबीच दक्ष जनशक्तिको अभाव छ। एसीएन स्कुल अफ होटल म्यानेजमेन्ट (आस्थम) ले २०६० सालदेखि प्राविधिक शिक्षा प्रदान गर्दै ४७ जिल्लामा निशुल्क र शुल्क तिरेर तालिम दिँदै आएको छ। यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त Hospitality Management कोर्स सञ्चालन गरि युवाहरूलाई रोजगारी र उच्च अध्ययन अवसर दिन्छ। प्राविधिक शिक्षाले देशको विकास र रोजगार सृजना गर्न सहयोग पुर्याउँछ।

Jul 9, 2025
By Admin User
183 views
रोजगारमुलक शिक्षामा चर्चा बटुल्दै बुटवलको "आस्थम"७ हजारले पाए रोजगार
बुटवल,आजको युगमा एकजानाको रोजगारीले सबै परीवार पाल्न मुस्कील पर्छ । जमाना महंगी छ तर आम्दानीका श्रोतहरु भने यथाबत नै हुँदा दैनीकी गुजारा गर्न निर्क कठीन रहेको छ ।
यस्तो बेलामा कुनैपनी शिप बिनाको रोजगार समभब छैन जब मानीस दक्ष हुदैनन् उस्ले पाउने पारीश्रमीक जमीन आस्मानको फरक पाउन सकीन्छ । आजका दिनमा दैनीक हजारौ युवाहरु श्रम बेच्नका लागी बिदेशीनु बाध्यता जस्तै बनेको छ ।
स्वदेशमा रोजगार छैन र स्वरोजगार गर्ने परम्परा पनी कमै छ । आफ्नै देशमा सानो तिनो काम गर्ने प्रचलन पनी कम छ । र सरकारको निती र कर्मचारीको काम गर्ने शैली ठिक नभएको नागरीकहरुको गुनासो छ । स्वदेशमा केही गर्नका लागी झन्झटीलो प्रकृया र प्रोत्साहन हुन सकेको छैन भएका पनी बिस्तारै पलायन भएको अबस्था छ । लगानी फर्काउन समस्या र अन्तराष्ट्रीय बजारमा प्रतीष्पर्धा गर्न नसक्ने खुला सिमाना र याहा तैनाथ बिभीन्न सुरक्षा र यसको काम गर्ने शैलीबाट उधोगी ब्यबसायी धरासयी अबस्थामा रहेको छ । बैकको चर्को ब्याजपनी उधोग ब्यबसाय फस्टाउन नसकनु यसका केही कारक मानीन्छन् ।
मुलुकको यस्तो अबस्थाले रोजगारमा निकै समस्या छ । गास बास र कपासको ग्यारेन्टी जनताका नैसर्गीक अधीकार मानीएपनी यसको कार्यान्वयनमा समस्या छ ।यही कुरालाई मध्यनजर गरी प्राबीधीक शिक्षामा जोड दिएको एसीएन स्कुल अफ होटल म्यानेजमेन्ट आस्थमले २०६० देखी प्राबीधीक शिक्षामा आफ्नो उपस्थीती जनाएको हो । जिबनभर पढेर केही शिप नहुंदा कागजको खोस्टा बिना शिपको उपाधी बोकेर जागीर पाउन मुश्कील छ ।
२०६० सालमा एशिएन ट्रेनिङ्ग एकेडेमीको नाम बाट स्थापाना भएको एक सानो ईन्सिटिच्युट २०६२ सालमा एशियन स्कुल अफ होल एण्ड टुरिजम म्यानेजमेन्टमा परिवर्तन भयो । स्थापना देखिनै होटल व्यावस्थापन संग संमवन्धीत विभिन्न विषयमा छोटो अवधीको तालिमहरू शसुल्क संचालन गर्दै आएको छ । यसले नेपाल सरकारका विभन्न मन्त्रालय र निकायका साथै विभिन्न दातृ निकायको सहयोगमा बेरोजगार र सीपविहिन युवाहरूलाई निशुल्क तालिम पनि संचालन गर्दै आएको छ ।
हाल सम्म देश भरका ४७ जिल्लामा घुम्ती तालिम स्थल स्थापना गरेर ६१ जिल्लाका करिब १० हजार युवा हरूलाई सफलतापुर्वक शसुल्क र निशुल्क तालिम प्रदान गरेको छ ।
पर्यटन ब्यबसाय प्रबद्धनमा यस्ता खाले शिप र श्रमले आफु बाच्ने र अरुलाई बचाउने काममा निकै सहयोगी बनेको छ । यसका साथै राज्यमा आम्दानीको श्रोतका रुपमा समेत परीचीत छ ।
प्राबीधीक शिक्षाका रुपमा बुटवलको पहिलो संस्थाको रूपमा स्थापित यस कलेजले सन २०१४ मा LCCI lGobal Qualification संगको आवद्धतामा नेपालमै पहिलो पटक Diploma in Hospitality Management (DHM) कोर्स बुवलमा शुरू गर्यो । २०१५ देखी २१ महिने Advance Diploma in Hospitality Management (ADHM) र २०२१ देखी सञ्चालनमा रहेका छन् ।
त्यकारण कारण नेपालमा संचालित डिप्लोमा कोर्षहरू मध्ये यो कोर्ष मात्र अन्तराष्ट्रिय मान्यताप्राप्त एकमात्र कोर्ष हो । १२ कक्षा सहित ADHM Pass गरेका विधार्थीहरू युके, युरोप, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका क्यानडा, युएई, ईण्डियामा हसपिटालिटी विषयको ब्याचलर तेस्रो, चौथो र पाँचौ सेमेस्टरमा क्रेडिट ट्रान्सफर गर्न सक्ने नेपालको एकमात्र कोर्ष हो ।
यसरी नेपालमा अधययन गरेर अन्तराष्ट्र«ीय मान्यता पाउन सहज हुने र बिकाउ शिक्षाका रुपमा होटल म्यानेजमेन्ट रहेको छ ।
याहा अध्ययन गरेका बिधार्थीहरु बिष्व बजार सहीत नेपाली श्रम बजारमा समेत काम गर्दे आएकाले रोजगारमा ग्यारेन्टी रहेको आस्थमका सञ्चालक जिएस तमुले बताउनुहुन्छ । यस्ता कलेजहरु बुटवलमा हुदा बिधार्थीहरुलाई अध्ययनमा सहजता भएको छ ।
आस्थम जस्तै अन्य कलेजहरु पनी दक्ष जनशक्ती उत्पादनमा योगदान दिदै आएका छन् । आगामी दिनमा नेपाल सरकारले शिक्षा नितीमा परीबर्तन गर्न आबस्यक छ र शिक्षामा लगानी मुलुकमा रोजगारीका लागी माध्यामीक तहसम्म आउदा केही बनाउन सक्ने जनशक्ती उत्पादनले मुलुक निर्माणमा सहयोग नै पुग्नेछ।घाम तापेर दिन बिताउने र तलबका लागी आन्दोलन होईन मुलुकका लागी योगदान र दक्ष शिक्षकहरु आजको आबस्यकता हो।मुलुकका लागी दक्ष जनशक्ती उत्पादन नै बिकाशको कडी हो ।
यसरी प्राबीधीक शिक्षा अधययन गरेर बिष्व बजारमा याहाका जनशक्तीहरुले काम गर्दा मुलुकमा रेमीट्यान्स आउने र हजारौ आश्रीत परीवारले गुजारा गर्न सफल भएका छन् ।

Tags

Share this article

Related News

रोजगारमुलक शिक्षामा आस्थमको जोड, ७ हजारले पाए रोजगार
News Featured

रोजगारमुलक शिक्षामा आस्थमको जोड, ७ हजारले पाए रोजगार

आजको महंगी र बेरोजगारीले परिवार पाल्न कठिनाइ छ। दक्ष जनशक्तिको अभावले रोजगारी कम छ र धेरै युवा विदेश काम गर्न जान्छन्। एसीएन स्कुल अफ होटल म्यानेजमेन्ट (आस्थम) ले २०६० देखि प्राविधिक शिक्षा दिँदै ४७ जिल्लामा १० हजारभन्दा बढी युवालाई तालिम दिएको छ। आस्थमको Hospitality Management कोर्स अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ र यसले रोजगारी र उच्च अध्ययनका अवसर दिन्छ।

Jul 17, 2025 By Admin User